दफा १५
प्रमाणपत्र निलम्बन र्‌ खारेजी;
(१) केन्द्रले प्रत्यायन प्रमाणपत्रप्राप्त संस्थाको नियमित रूपमा अनुगमन गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम अनुगमन गर्दा प्रत्यायन प्रमाणपत्रप्राप्त संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा केन्द्रले तोकेको शर्तको उल्लङ्घन गरेको पाइएमा केन्द्रले सम्बन्धित संस्थालाई देहाय बमोजिम गर्ने गरी निर्णय गर्न सक्नेछ:-

(क) सचेत गराउने,

(ख) खण्ड (क) बमोजिम सचेत गराउँदा पनि केन्द्रले

दिएको निर्देशन पालना नगरेमा त्यस्तो संस्थाको प्रमाणपत्र बढीमा छ महिनाको लागि निलम्बन गर्ने, वा

(ग) प्रत्यायनको कार्यक्षेत्र घटाउने ।

(३) केन्द्रले उपदफा (२) को खण्ड .(ख) बमोजिम निलम्बन गर्नुअघि सम्बन्धित संस्थालाई सफाइ _पेश गर्न मनासिब मौका दिनु पर्नेछ।

(४) प्रत्यायन प्रमाणपत्रप्राप्त संस्थाको काम कारबाहीबाट कसैलाई गम्भीर क्षति पुग्न गएमा केन्द्रले त्यस्तो संस्थाको प्रत्यायन प्रमाणपत्र खारेज गरी सोको .सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गरी केन्द्रको वेबसाइटमा समेत राख्नु पर्नेछ।

(५) प्रत्यायन प्रमाणपत्रको निलम्बन र खारेजी सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।